पुटिनले दिए सैन्य परिचालनको आदेश

खबर बुक
  • ख-
  • ख+

मस्को, ५ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् ।

राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् ।

देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय ‘मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्न’ लिएको बताए।

यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौं’, पुटिनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्