काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् भने एक वटा विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान र विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी अध्यादेश जारी गरेका हुन्।
त्यस्तै, संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पठाइएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका छन्।










