एमाले सुदूरपश्चिमका सांसद मल्लको राजीनामा स्वीकृत

खबर बुक
  • ख-
  • ख
  • ख+

३० असोज, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्लको राजीनामा स्वीकृत भएको छ ।

सभामुख भीमबहादुर भण्डारीले उनको राजीनामा स्वीकृत गरेका हुन् । योसँगै सुदूरपश्चिम प्रदेशसभामा अब एमालेका १० जना मात्रै सांसद रहेका छन् ।

यसअघि एमालेका ११ सांसद थिए ।

मल्ल कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतयक्ष निर्वाचित सांसद थिए । बजेटप्रति असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्