देशमा पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ।

हाल देशका हिमाली भूभाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली भएको छ। अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली देखिएको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुनेछ। देशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

त्यस्तै, मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्