बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, दम्पती घाइते

खबर बुक
  • ख-
  • ख
  • ख+

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुवा घाइते भएका छन्। दुर्घटना आज बिहान भएको हो।

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका खोटाङको सन्धिखर्क गाउँपालिका–६ का चन्द्र बुढाथोकीका ९ वर्षीय छोरा जुवासलाई उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनामा बालकका आमाबुवा घाइते भएका छन्। उनीहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्