स्विट्जरल्याण्डले नस्ट ग¥यो २८५ मिलियन डलर बराबरको खोप

खबर बुक
  • ख-
  • ख+

स्विट्जरल्यान्ड, ९ असाेज । स्विट्जरल्याण्डले म्याद मोडर्नाको कोभिड १९ को ३ लाख डोज खोप नष्ट गरेको छ ।

यसै साता म्याद सकिएपछि ती खोप नस्ट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  नष्ट गरिएको खुराकको कुल लागत लगभग २८५ मिलियन डलर बराबर छ ।

१० दशमलब ३ मिलियन डोजमध्ये २ दशमलब ५ मिलियन आर्मीको लजिस्टक आधारमा राखिएको थियो भने बाँकी बेल्जियमको बाह्य भण्डार डिपोमा राखिएको थियो ।

यो उल्लेखनीय छ कि ८७ लाख मात्र जनसंख्या भएको स्विट्जरल्याण्डले कुल ३ करोड ४० लाख डोज खोप खरिद ग-यो ।

यद्यपि स्विट्जरल्याण्डले कोभिड भ्याक्सिनलाई ठूलो मात्रामा नष्ट गरिरहेको यो पहिलो पटक भने होइन । रिपोर्ट अनुसार मे महिनामा उसले ६ लाख २० हजारभन्दा बढी म्याद समाप्त खोप नष्ट गरेको थियो । खोपको माग घटेपछि तिनिहरूको म्याद गुज्रिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्