भरूवा बन्दुकसहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

दोलखा, २१ कात्तिक । गौरीशंकर गाउँपालिका–६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई एक थान भरूवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य बादबिबादमा भरुवा बन्दुक झिकेपछि उनलाई इलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई गाउँघरमा लुकीछिपी बसेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्