शंखमुल हत्या प्रकरणमा अर्का आरोपी पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको शंखमुलमा युवकको हत्या गरेर फरार रहेका अर्का एक आरोपी पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई मकवानपुरको भैंसेबाट पक्राउ गरेको हो ।

बाराको कलैया उपमहानगरपालिका–३ घर भएका प्रमित पटेललाई मकवानपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

शुक्रबार काठमाडौं महानगरपालिका–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहारबाट २२ वर्षीय बसन्त कालाखेतीको हत्या भएको थियो ।

दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका कालाखेतीमाथि बिहान करिब १० बजेतिर दुईजनाले धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–३ का शेखर यादव यसअघि नै पक्राउ परेका थिए ।

घटनाका बेला घटनास्थलमा उपस्थित अन्य चार जनालाई भने प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्