कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न देउवा समूह सर्वोच्चमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्च अदालतमा दायर गरिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । दुवै नेताको तर्फबाट कानून व्यवसायीले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन् ।

रिटमा असोजमा महाधिवेशन गर्ने गरी कांग्रेसले अघि बढाएको कार्यतालिका रोक्न माग गरिएको छ । आधिकारिकता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्च अदालतले निस्सा दिइसकेको अवस्थामा त्यसको टुंगो नलाग्दासम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको तर्क छ ।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

यसैबीच, इतर पक्षको भेलाले गगन थापालाई सभापति स्वीकार नगर्ने र देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्