आज त्रयोदशीः आज पनि आफन्तसँग आशीर्वाद थापिँदै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा छोरीचेलीका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ ।

नेपाली समाजका कतिपय ठाउँमा एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा रहिआएको छ ।

दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने, मान्यजनबाट आशीर्वाद लिने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्