बंगालको खाडीमा चक्रवात विकसित हुँदै, कात्तिक ११ देखि नेपालमा मौसम प्रभावित हुन सक्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवातमा परिणत हुने सम्भावना, नेपालमा पनि असर पर्न सक्ने

काठमाडौं । पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै चक्रवातमा परिणत हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ ।

यस मौसम प्रणालीका कारण आगामी कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

यद्यपि, यस प्रणालीका कारण नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र सम्भावित असर के–कस्ता हुन्छन् भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको महाशाखाले जनाएको छ ।

सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरिएको छ । वर्षा तथा मौसमको अवस्थाअनुसार बालीनाली, भ्रमण र यात्रामा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जाने जनाएको छ ।

मौसमसम्बन्धी ताजा तथा आधिकारिक जानकारीका लागि महाशाखाको टोल–फ्री नम्बर ११५५ मा सम्पर्क गर्न वा विभागका आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत नियमित सूचना लिन अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्