पोखरा, ५ भदौ । प्रधानमन्त्री बालेन शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन् ।
प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै अस्ताम पुगेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनी पूर्णतः पारिवारिक भ्रमणका लागि अस्ताम पुगेका हुन् । प्रधानमन्त्री शाह शुक्रबार सोही रिसोर्टमा बस्नेछन् ।
उनी शनिबार त्यहाँबाट मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ ।










