वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विश्वप्रकाश शर्माले

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन्।

१५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मनोनयनमा शर्माले पुष्पराज पौड्याललाई वारेस दिएर मनोनयन फाराम दर्ताका लागि निर्वाचन समितिमा पठाएका छन्।

उनको प्रस्तावकमा झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी तथा समर्थकमा झापाकै सुधीर सिवाकोटी र देउकुमार थेवे रहेका छन्।

कांग्रेसले विधान संशोधन गरेर यसैपटकदेखि वरिष्ठ उपसभापति पद थपेको हो।

नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका शर्मा सन् २००० देखि २००२ सम्म नेविसंघको केन्द्रीय अध्यक्ष बनेका थिए।

कांग्रेसको १४औँ महाधिवेशनअघि उनले पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरेका थिए। प्रखर वक्ताका रूपमा परिचित शर्मा १४औँ महाधिवेशनमा लोकप्रिय मतसहित महामन्त्री पदमा निर्वाचित भएका थिए।

गत विशेष महाधिवेशनबाट शर्माले उपसभापति पदको जिम्मेवारी सम्हालेका थिए।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी झापा–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्