रूपन्देही । बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्यकर्मीलाई महिलाले झापड हानेको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने युट्युबर पक्राउ परेका छन्। सहारा एचडी टिभी नामक च्यानल सञ्चालन गर्ने हिमान्सु शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
स्वास्थ्य जाँच गर्न आएकी युवतीमाथि दुर्व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीमाथि एक महिलाले हातपात गरेको भिडियो शाहीको च्यानलबाट प्रसारण भएको थियो। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले योजनाबद्ध रूपमा भिडियो खिचेर सार्वजनिक गरिएको भन्दै शाहीलाई कारबाही गर्न माग गरेका थिए।
नेपाल पत्रकार महासंघ बाँकेले विज्ञप्ति जारी गर्दै पत्रकारिता आचारसंहिताविपरीत काम गर्ने व्यक्ति पत्रकार नभएको भन्दै सचेत गराएको थियो। महासंघले यस्तो तरिकाले डलर आर्जन गर्नेहरूलाई कारबाही गर्न माग गरेको थियो।
स्थानीय पत्रकारका अनुसार शाहीले यसअघि पनि विवादित भिडियो खिचेर सार्वजनिक गर्ने गरेका थिए। उनी पत्रकार महासंघका सदस्य भने होइनन्।
शनिबार उक्त मेडिकलमा स्वास्थ्य परीक्षण गराई फर्केको केही मिनेटमै युट्युबरसहित पुगेको समूहले मेडिकल सञ्चालकमाथि कुटपिट गरेको बताइएको छ। उक्त झडपको भिडियो शाहीले तत्काल सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
युट्युबर शाहीलाई नियन्त्रणमा लिएर घटनाबारे सघन अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए। घटनालाई लिएर औषधि व्यवसायी परिषद् र सीएमए










