भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि चीनले नेपाललाई २० लाख अमेरिकी डलर अनुदान दिने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । चीन सरकारले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाललाई २० लाख अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भोटेकोशी बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्य सञ्चालनका लागि चीनबाट प्राप्त हुने अनुदान स्वीकार गरिएको जानकारी दिएका छन् ।

उक्त आर्थिक सहयोग बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका कार्यमा उपयोग गरिने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्