डा. चन्द्र भण्डारीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी

खबर बुक
  • ख-
  • ख
  • ख+

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले उपसभापतिमा मनोनयन दर्ता गरेका छन् । कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत उनले खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

भण्डारी १४ औं महाधिवेशनमा पनि उपसभापति पदमै प्रतिस्पर्धा गरेका थिए । त्यो बेला डा. शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए । दुई जनाका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापति पदमा निर्वाचित भएका थिए ।

भण्डारीले रूपान्तरित कांग्रेस निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्