इजरायलका नवनियुक्त प्रधानमन्त्री नेतान्याहूलाई प्रधानमन्त्री देउवाको बधाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले इजरायल प्रधानमन्त्रीमा पुनः निर्वाचित भएमा बेन्जामिन नेतान्याहुलाईे बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले नेतान्याहूलाई बधाई दिएका हुन् ।

बधाई सन्देशमा प्रधानमन्त्री देउवाले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप मजबुत हुने आशा व्यक्त गरेका छन् । गठबन्धनका तर्फबाट नेतान्याहू पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

कुल १२० सिट रहेको इजरायली संसद्मा नेतान्याहूको पार्टीले ३२ सिट‚ एस अतिद पार्टीले १८ सिट र रिलिजियस जियोनिस्ट पार्टीले १४ सिट प्राप्त गरे । उक्त पार्टीबीचको गठबन्धनबाट नेतान्याहू प्रधानमन्त्रीमा चयन भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्