सरकारको पहिलो वर्ष सुशासनमा केन्द्रित भएर काम गरिरहेका छौँ : प्रवक्ता पोखरेल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले पहिलो वर्ष सुशासनमा केन्द्रित भएर काम गरिरहेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले सरकारको ६ महिनाको कामको समीक्षाबारे प्रश्न गरेका थिए । जवाफमा प्रवक्ता पोखरेलले सबै मन्त्रालयले प्रधानमन्त्रीसँग छुट्टाछुट्टै काम सम्झौता गरेर त्यसअनुसार काम गरिरहेको बताए ।

उनले भने, ‘सबै मन्त्रालयले प्रधानमन्त्रीसँग छुट्टाछुट्टै काम सम्झौता गरेका छन् । सोहीअनुसार सबै मन्त्रालयले आफ्नो काम गरिरहनुभएको छ । हामीसँग पाँच वर्षको समय छ । त्यसैले पहिलो वर्ष बढी सुशासनमा काम गर्दै आएका छौँ ।’

सरकारको कामको समीक्षा आफूहरूले भन्दा पनि जनताले गर्ने प्रवक्ता पोखरेलले बताए । सरकारले सकारात्मक ढंगले काम गरिरहेको सबैले महसुस गरेको उनको दाबी थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्