पृथ्वी राजमार्ग खुलेसँगै काठमाडौं भित्रिन थाले ग्यासका बुलेट, अभाव हट्ने अपेक्षा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । भारतबाट एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौं आउन थालेका छन् । अविरल वर्षाका कारण चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने भएको हो ।

असोज ८ गते रातिदेखि मौसम प्रतिकूलता र सडक अवरोधका कारण रोकिएको ग्यास आपूर्ति सोमबारदेखि पुनः सुरु भएको छ ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रका लागि एलपी ग्यास बोकेका बुलेटहरू पृथ्वी राजमार्ग हुँदै आउने गर्छन् । मुख्य राजमार्ग चार दिनसम्म अवरुद्ध हुँदा काठमाडौंका लागि छुटेका ग्यासका बुलेटहरू बाटोमै रोकिएका थिए ।

पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका ग्यास बुलेटहरू आ–आफ्नो गन्तव्यतर्फ अघि बढेका छन् । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सोमबार मात्रै १०५ भन्दा बढी ग्यास बुलेट काठमाडौं आउँदैछन् ।

साँझसम्म ग्यासका बुलेटको संख्या अझै बढ्ने र बाटोमा रोकिएका सबै बुलेट काठमाडौं भित्रिने निगमले जनाएको छ ।

प्रवक्ता ठाकुरका अनुसार काठमाडौं भित्रिएका ग्यास बुलेटबाट मंगलबारदेखि बोटलिङ प्लान्टमा ग्यास रिफिलिङको काम तीव्र बनाइनेछ ।

ग्यास सिलिन्डर सर्वसाधारण तथा बजारसम्म पुर्‍याएर नियमित वितरण गरिने भएकाले मुख्य राजमार्ग खुलेसँगै

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्