चोलेन्द्रशमशेर जबरालाई जेनजीबाट होइन, अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी समूहबाट नभई अपरिचित समूहबाट सुरक्षा थ्रेट आएको स्पष्टीकरण दिएको छ ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई अपरिचित समूहबाट फोन तथा टेक्स्टमार्फत थ्रेट आएको बताएका हुन् ।

उनका अनुसार थ्रेट आएपछि जबरालाई सरकारले सुरक्षित स्थानमा लगेको थियो । प्रहरीले सुरक्षित स्थानमा लगेपछि पनि थप सुरक्षा थ्रेट रहेको जानकारी परिवारबाट आएको उनले बताए ।

‘कहींबाट पनि सरकारबाट वा प्रहरीबाट जेनजीबाट सुरक्षा थ्रेट भएको भनिएको छैन । त्यो मिडियामा आएको कुरा हो,’ पोखरेलले भने, ‘जेनजीबाट त्यो थ्रेट आएको होइन, अपरिचित समूहबाट आएको कुरा उहाँलाई फोनमा टेक्स्टमार्फत नै आइसकेपछि सुरक्षित स्थानमा लगिएको हो । जेनजी समूहबाट भनेर सरकारबाट भनिएको छैन ।’

पोखरेलका अनुसार जबरालाई सुरुमा नै थ्रेट आएको थियो । त्यसपछि उनलाई सुरक्षित स्थानतर्फ लगिएको र त्यसपछि पनि थप सुरक्षा थ्रेट भएको जानकारी परिवारबाट आएको थियो ।

‘सुरुमा नै थ्रेटहरू आइसकेको थियो । थ्रेट आएपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो । त्यसपछि पनि अझै सुरक्षा थ्रेट भएको छ भन्ने कुरा परिवारबाट आएको हो,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्