![](https://khabarbook.com/wp-content/uploads/2022/10/toshima.jpg)
काठमाडौं कार्तिक १५
सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
आज न्यायाधीश डा। कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
उक्त विषयमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ समेत माग गरेको छ ।