काठमाडौं : महोत्तरीको भंगाहा नगरपालिका–८ को पररिया टोलमा भएको दुई समुदायबीचको झडपको घटनाामा छानबिन गर्न समिति गठन गरेको छ ।
आज गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन् । सो समितिलाई एक हप्ताको समय दिइएको छ ।
हिजो विहिवार भंगाहा–८ पररिया टोलमा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो ।