म्यादी प्रहरीले टिकटक बनाए कारबाही गरिने

न्युज कारखाना
  • ख-
  • ख+

लमजुङ, ९ कात्तिक।।प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् ।

सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएमा कारबाही गरिने लमजुङका डीएसपी प्रकाश श्रीमलले बताए ।

जिल्लामा एक हजार ९७ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन् । मंगलबारदेखि निर्वाचन केन्द्रित सुरक्षामा म्यादी खटेको प्रहरी डिएसपी श्रीमलले बताए ।
बेसीसहरमा १० दिनसम्मको तालिम लिएपछि निर्वाचन लक्षित सुरक्षामा खटिन लागेका म्यादी प्रहरीलाई निर्देशन दिइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्