युक्रेनको उर्जा पूर्वाधारमा रुसको आक्रमण

खबर बुक
  • ख-
  • ख+

पछिल्लो समय रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गर्न थालेको छ ।

अक्टोबर ८ मा रुसले कब्जा गरेको क्रिमियालाई रुससँग जोड्ने पुलमा विष्फोट भएपछि रसियाले युक्रेनको उर्जा पूर्वाधारलाई निशाना बनाउँदै क्षेप्यास्त्र र ड्रोन हमला गरिरहेको छ ।

रुसी आक्रमणले ४० प्रतिशत विद्युत प्रणालीमा क्षति पुगेको कीभले बताएको छ । उर्जा क्षेत्रमा भएको क्षतिका कारण जाडो मौसममा आफ्ना नागरिकलाई बस्नै समस्या हुने भन्दै युक्रेनले चिन्ता व्यक्त गरेको छ ।

उसले युक्रेन छाडेर गएका नागरिकलाई यो मौसममा विदेशमै बस्न आग्रह पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्