सीमामा हुने आपराधिक क्रियाकलाप रोक्न लमजुङ-मनाङ प्रशासन ऐक्यबद्धता

न्युज कारखाना 
  • ख-
  • ख+

लमजुङ, ६ कात्तिक।।लमजुङ र मनाङ प्रशासनबीच अन्तरजिल्ला सुरक्षा समितिको संयुक्त बैठकले सीमा क्षेत्र भएर हुने आपराधिक क्रियाकलाप रोक्ने निर्णय गरेको छ ।

बेंसीसहरमा शनिबार बसेको बैठकले मनाङ र लमजुङको उत्तरी क्षेत्रबाट हुने अवैध जडिबुटी चोरीपैठारी रोक्ने, तिब्बत सीमा क्षेत्रबाट मनाङ हुँदै सुन तस्करी रोक्ने, बेंसीसहर-चामे सडकलाई सहज बनाउनेलगायत निर्णय गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

४ मंसिरमा हुने प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गराउन दुवै जिल्लाका सुरक्षा निकायले आ-आफ्नोतर्फबाट भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ । पर्यटकीय मौसममा विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी तथा स्वेदशी पर्यटकको आगमन बढ्दै गएकाले उनीहरूको सुरक्षार्थ प्रहरी परिचालन गरिने भएको छ ।

लमजुङ-मनाङ क्षेत्रमा चुनावका समयमा बढी मात्रामा आपराधिक क्रियाकलाप हुनसक्ने आंकलन गर्दै यसतर्फ दुवै जिल्लाका सुरक्षा निकाय तयारी अवस्थामा रहने निर्णय गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्