बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

न्युज कारखाना 
  • ख-
  • ख+

घोराही, ५ कात्तिक

दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएकी छन् । दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिबार दिउँसो दुई किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा दगीशरण–२ सिमलकुना निवासी १५ वर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ वर्षीय गोमा भनिने साविरा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले बताए ।

नदीमा नहाउने क्रममा बेपत्ता भएका दुवैको खोजी कार्य जारी रहेको मल्लको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्