धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

धनुषा, ३० असोज । सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोलसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुर छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र.२–०१–००२ प.३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरको साथमा उक्त पेस्तोल भेटिएको थियो ।

प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोलासहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्