
काठमाडौं, १४ असोज
रूसले युक्रेनका चार वटा क्षेत्रलाई औपचारिक रूपमा आफ्नो देशमा गाभ्ने भएको छ ।
यसअघि जनमत सङ्ग्रह गरेर अनौपचारिक परिणाम घोषणा गरेको रुसले आज पूर्वका लुहान्स्क र डोनेस्क तथा दक्षिणका जापोरिजिया र खेरसनलाई आफ्नो देशमा गाभ्ने घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।
चार वटा क्षेत्र गाभ्ने घोषणामा राष्ट्रपति भ्लादिमिर पुटिनले आजै हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि खबरमा उल्लेख छ ।