ईरानमा २२ वर्षका महसाको मृत्युपछि जारी प्रदर्शनमा ३० जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

ईरानमा २२ वर्षका महसा अमिनीको मृत्यपछि जारी प्रदर्शनको क्रममा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

हिजाब लगाउने नियम उल्लङ्घन गरेको भन्दै महसालाई पक्राउ गरिएको थियो । तेहरानको मोरैलिटी प्रहरीका अनुसार महसाले सार्वजनिक स्थानमा टाउको छोप्ने तथा खुकुलो लुगा लगाउने नियमको उल्लङ्घन गरेकाले नियन्त्रणमा लिइएको थियो ।

१९७९ को क्रान्ति पछि ईरानमा सामाजिक मुद्दालाई समाधान गर्नका लागि मोरैलिटी प्रहरी इकाई गठन गरिएको हो । ईरानको कुर्दिस्तान प्रान्तको साकजि सहरमा बसोबास गर्दै आउनुभएका महसाको गत शुक्रवार तेहरानस्थित अस्पतालमा मृत्यु भएको थियो । महसाको मृत्युको कारण भने बताइएको छैन ।

प्रहरी हिरासतमा रहनुभएका महसाको अकस्मात मृत्यु भएपछि ईरानमा प्रदर्शन तीव्र बनेको छ । प्रहरीविरुद्ध जारी प्रदर्शनको क्रममा हालसम्म ३० जनाको मृत्यु भएको तथा ७० जनाभन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । ईरानमा भएको यस घटनाप्रति विश्वका विभिन्न मुलुकले विरोध जनाएका छन् ।

अमेरिकाले ईरानको मोरैलिटी प्रहरीलाई कालोसूचीमा राखेको छ भने फ्रान्सले घटनालाई लज्जास्पद भनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्