झापामा ७३ वर्षीय वृद्धबाट दुई जना बालिका बलात्कृत

खबर बुक
  • ख-
  • ख+

झापा, ३१ भदौ । झापामा एक जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् ।

बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ ।

ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्