विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोभिड–१९ महामारीको अन्त्य हुन थालेको बताएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण हुने मृत्यु दर कम हुन थालेको भन्दै सङ्गठनले महामारीको अन्त्य हुन थालेको घोषणा गरेको हो ।
कोरोनाका कारण हुने साप्ताहिक मृत्युको सङ्ख्या सन् २०२० यताकै न्यून पुगेको सङ्गठनले जनाएको छ । सङ्गठनका महानिर्देशक डा. टेड्रोस गेब्रेयससले कोभिड–१९ विरुद्धको खोप व्यापक वितरण गरिएकाले पनि सन् २०२१ मा १ करोड ९८ लाख मानिसको मृत्यु हुनबाट जोगिएको दाबी गर्नुभयो ।
तर पनि कोरोना भाइरस अझै ‘तीव्र विश्वव्यापी आपतकाल’ खडा गर्न सक्ने स्थितिमा रहेको भन्दै सचेत हुन सङ्गठनले चेतावनी दिएको छ ।