युक्रेनसँगको युद्ध चर्किरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग भेटवार्ता गर्नुहुने भएको छ ।
दुई नेताबीच हुने भेटमा युक्रेन युद्धका साथै विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा छलफल हुने बीबीसीले जनाएको छ ।
उज्वेकिस्तानमा आज र भोलि हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनको अवसरमा दुई नेताबीच भेट वार्ता हुने तय भएको हो ।
सन् २०२० को सुरुवातमा कोरोना भाइरसको महामारी सुरु भएयता चिनियाँ राष्ट्रपति सी पहिलो विदेश भ्रमणमा निस्कनु भएको हो ।