ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको दिपक कुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्