पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

खबर बुक
  • ख-
  • ख
  • ख+

११ असोज, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ ।

लेदाे सहितकाे पहिरो नाम्सी खाेला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिराे हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्