कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

खबर बुक
  • ख-
  • ख
  • ख+

पर्वत । गए रातिदेखिको अविरल वर्षापछि पर्वतमा कालीगण्डकी नदीको बाढीले ६६ घर पूर्ण रूपमा बगाएको छ। थप २३ घर उच्च जोखिममा रहेका छन्।

जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीमा आएको बाढीले ती घर बगाएको हो। स्थानीयलाई समयमै सुरक्षित स्थानतर्फ सारिएकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार उच्च जोखिममा रहेका घरका सामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्