चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको सम्भावना लगभग सकियो : मौसमविद् पोखरेल

खबर बुक
  • ख-
  • ख
  • ख+

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।

उनले अझै आइतबार दिउँसोसम्म केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना भने लगभग सकिएको बताएका हुन्।

‘चार दिनदेखिको वर्षा आजबाट बल्ल सकिँदै छ। अझै दिउँसोसम्म केही स्थानमा वर्षा हुने देखिए पनि भारी वर्षाको सम्भावना लगभग सकिएको छ,’ मौसमविद् पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्।

भारी वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरोध भए पनि समयमै सूचना प्रवाह हुनु र सम्बन्धित निकायको सक्रियता तथा समन्वयका कारण ठूलो दुर्घटना हुन नपाएको उनले बताए।

पोखरेलले भारी वर्षाको पूर्वसूचना समयमै सबैसम्म पुगेकाले जनधनको क्षति कम गर्न सहयोग पुगेको बताएका छन्। उनले सबैलाई सुरक्षित रहन आग्रहसमेत गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्