अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित राप्ती नदी किनारमा रहेको बुद्ध पार्कमा पहिरो खस्दा क्षति पुगेको छ।
आइतबार बिहान करिब ८ः५० बजे लगातारको वर्षाका कारण पहिरो खसेर बुद्ध पार्कमा क्षति भएको हो। पहिरोका कारण थानाभर्याङस्थित राप्ती नदी किनारबाट पाथिभारा मन्दिरतर्फ जाने भित्री सडकसमेत जोखिममा परेको मकवानपुर प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट थानाभर्याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार घटनामा मानवीय तथा चौपायाको क्षति भएको छैन।










