मनाङको नार–फू क्षेत्रमा पर्ने ७,१२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ — मनाङको नार–फू क्षेत्रमा पर्ने ७,१२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएको बताइएको छ।

एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले घटनाको पुष्टि गर्दै हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको जानकारी दिए। 

उनका अनुसार इम्याजिन नेपाल प्रालिका २ जना र हिमालयन होलिडेज नेपालका ८ जना सम्पर्कविहीन छन्।

‘हो, घटना सत्य हो,’ भण्डारीले भने, ‘इम्याजिन नेपालका दुई जना र हिमालयन होलिडेज नेपालका आठ जना सम्पर्कविहीन भएका छन्।’

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले पनि घटनाबारे विभागले नजिकबाट निगरानी गरिरहेको बताए। 

उनले घटनाको थप विवरण तथा उद्धार प्रयासबारे जानकारी संकलन भइरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्