कटुवा पेस्तोलसहित दुई जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ मंसिर । सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्रबोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका-११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

इलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको टाेलीले उनीहरूलाई कटुवा पेस्तोल पक्राउ गरेको जनाएको छ ।  यस सम्बन्धमा थप  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्