नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भन्दै त्यसका लागि थप लगानी आवश्यक -मन्त्री पौडेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भन्दै त्यसका लागि थप लगानी आवश्यक रहेको बताउनुभएको छ ।

वीर अस्पतालको १३६ आँै वार्षिकोत्सव समारोहमा उहाँले स्वास्थ्य क्षेत्र सुधार भएपनि पूर्ण हुन नसकेको भन्दै धेरै सुधार गर्न थप लगानी आवश्यक रहेको बताउनुभएको हो । उहाँले भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बिमा रकम फरफारक गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने धारणा राख्नुभयो ।

वीरमा आवश्यक उपकरणलगायत पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले अधिकतम प्रयास गर्ने उहाको भनाइ छ । अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले अस्पतालमा दैनिक करिब दुई हजार ५०० सयभन्दा बढीले सेवा लिने गरेका बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्