सरकार र नेपाल चिकित्सक संघबीच सहमति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २४ । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ ।

संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग आज साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको हो ।

सहमति अनुसार, संघले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्