नेपालमा थप तीन जनामा कोरोना संक्रमण

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३ मंसिर

नेपालमा गत २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।​

देशभर गरिएको ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्