काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।
कांग्रेसले देउवालाई महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निम्तो पठाएको थियो । तर, उनी महाधिवेशनमा नजाने संस्थापनइतर पक्षको केन्द्रीय महाधिवेशन निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार देउवालाई महाधिवेशन आयोजकका तर्फबाट औपचारिक निम्तो पठाइसकिएको थियो । तर, देउवा महाधिवेशनमा सहभागी नहुने भएका हुन् ।










