काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ प्रतिस्पर्धा गरेका पाठक पराजित भएका हुन्।
पाठकले ३९८ मत प्राप्त गरेका छन्। खुलातर्फ दशौँ नम्बरमा निर्वाचित हुने उम्मेदवारले ४०८ मत प्राप्त गरेका थिए।
केन्द्रीय सदस्य पाठकले रामग्राम नगरपालिका–९ बाट आफ्नै परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएको विषय आलोचित बनेको थियो। सोही विषयको प्रभावस्वरूप उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएको प्रतिनिधिहरूले बताएका छन्।










