दोहोरो अंकले घट्यो नेप्से, कारोबार सवा चार अर्बमा खुम्चियोसमाचार कमेन्ट्मा-

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १६ असोज । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार खुम्चिएको छ ।  बिहीबार स्थिर रहेको नेप्से, आज भने घटेर बन्द भएको हो।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९० अंक घटेर २५८७.२५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।

१३ मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ०.७३ प्रतिशत घटेको छ।

नेप्सेसँगै शुक्रबार कारोबार रकम पनि घटेको छ। बिहीबार चार अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज चार अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको एक करोड १९ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को २६ करोड ५३ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। साढे १५ करोड रुपैयाँबराबरको रिलायन्स स्पिनिङ मिल्सको सेयर किनबेच भएको छ । आँखु खोला जलविद्युत कम्पनीको करिब १५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

आज एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ। १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत बढेको छ । माण्डु हाइड्रोपावरको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्