काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।










