प्रचण्ड : देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा छ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘देश अप्ठेरोमा छ । लोकतन्त्र नै अप्ठेरोमा छ । संविधान पनि अप्ठेरोमा छ । अहिलेका सरकारका कैयौँ अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले स्वेच्छाचारीतातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ,’ उनले भने ।

साथै, उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ गर्न सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘हामीले अहिले जो समावेशी लोकतन्त्रसहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको अंगको रूपमा पनि छ,’ उनले भने, ‘अझै केही कुरा टुंग्याउन बाँकी छ । त्यो टुंग्याइएन भने देश अझै अप्ठेरो अवस्थामा जान सक्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्