ललितपुरमा दुई जना बालिका बलात्कृत

खबर बुक
  • ख-
  • ख+

ललितपुर, २९ कात्तिक। ललितपुरमा १० वर्षीया र ११ वर्षीया दुई जना बालिका बलात्कृ भएका छन् ।

ती बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय र १९ वर्षीय २ युवालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको उजुरी परेपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्