थप १६ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ६ सय १४ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १३ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ६३ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्