नेप्सेमा सामान्य सुधार, ०.२६ अङ्कले बढेर २५९९.१५ विन्दुमा बन्द

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ।

आज नेप्से परिसूचक ०.२६ अङ्कले बढेर २५९९.१५ विन्दुमा पुगेर बन्द भएको छ। यो शून्य दशमलव शून्य १ प्रतिशतको सामान्य वृद्धि हो।

बजार बन्द हुँदा कुल ३५३ वटा कम्पनीका १ करोड २ लाख ६५ हजार ५५५ कित्ता सेयर किनबेच भएका छन्। आज कुल ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ रुपैयाँ ४ पैसा बराबरको कारोबार भएको छ।

कारोबारमा आएका उपसूचकहरूमा मिश्रित प्रभाव देखिएको छ। बैंकिङ ०.३९ प्रतिशत, विकास बैंक ०.२२ प्रतिशत, फाइनान्स ०.२० प्रतिशत र हाइड्रोपावर ०.०३ प्रतिशतले बढेका छन्।

ननलाइफ इन्स्योरेन्स ०.५० प्रतिशत, अन्य ०.३२ प्रतिशत र म्युचुअल फन्ड ०.२६ प्रतिशतले घटेका छन्। इन्भेस्टमेन्ट इन्डेक्स भने स्थिर रहेको छ।

आज सर्वाधिक कमाउनेमा सिन्धु विकास बैंक रहेको छ। बैंकको सेयर मूल्य १०.८१ प्रतिशतले बढेको छ।

त्यस्तै, सर्वाधिक गुमाउनेमा सयपत्री हाइड्रोपावर रहेको छ। कम्पनीको सेयर मूल्य ९.६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ। बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज बजारमा १३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटा कम्पनीको घटेको छ। १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्